Back

सहिद नारायण पोखरेल क्याम्पसद्वारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

माघ ६ सनिवार
सैनामैना | रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा न ६ मा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसले नि शु्ल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ | क्याम्पसले आफ्नो सामाजिक उत्तरदायित्व अनुरुप सो कार्यक्रम गरिएको क्याम्पस प्रमुख हेम बहादुर थापाले बताउनु भयो |
सहिद नारायण पोखरेल रामापुर क्याम्पसको आयोजना र साझा हस्पिटल प्रा लि बुटवल र साझा स्याटेलाइट पोलिक्लिनिक प्रा लि सैनामैनाको सह आयोजना रहेको थियो भने गैडहवा गाउपालिका वडा न ८ र ९ को विशेष सहयोग रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका गैडहवा गाउपालिका अध्यक्ष सुरेन्द्र पाैड्यालले पालिकाका नागरिकको स्वास्थ्य उपचारका लागि यस्तै विभिन्न सङ्घ सस्थासङ्ग हातेमालो गर्दै अगाडी बढेको बताउदै जनताको स्वास्थ्य लाभका लागि अस्पताल , वर्थिङ सेन्टर लगायतका धेरै कामहरु अगाडि बढाएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि समेत रहनुभएका साझा हस्पिटल प्रा लि बुटवलका अध्यक्ष गोविन्द खनालले अस्पतालले व्यवायीकता मात्र नहेरी जनताको स्वास्थ्य परिक्षण गरि स्तर उकास्ने धेय बोकेर हिडेको बताउनुभयो |
यस्तै वडा न ८ र ९ का अध्यक्ष भुवन राना र मिना थापाले वडाका योजनामा रहेका काम क्याम्पससङ्ग सहकार्य गर्दै गर्न पाउँदा खुशी लागेको बताउदै क्याम्पस र अस्पताल परिवारलाई आफ्नो वडा रोजेकोमा धन्यवाद दिनुभयो |
शिविरमा १५१ जना नागरिकले सेवा लिएका थिए । जस मध्ये सबैभन्दा बढी स्त्रीरोग सम्बन्धि विरामी भेटिएको र उनिहरुलाई आैषधी पनि बितरण गरिएको छ ।
आैपचारिक कार्यक्रम हेम बहादुर थापाको अध्यक्षता, गैडहवा गाउपालिका प्रमुख सुरेन्द्र पाैडेलको प्रमुख आतिथ्यता , गाउपालिका उप प्रमुख माधुरी जैसवाल र साझा हस्पिटल प्रा लि का बुटवलका गोविन्द खनालको विशिष्ट आतिथ्यता क्याम्पसका प्राध्यापक, कर्मचारी ,विद्यार्थी , चिकित्सक, स्वास्थ्यकर्मी , समाजसेवी , जनप्रतिनिधि , पत्रकार , स्वयमसेविका सर्वसाधारण लगायतको उपस्थितिमा कार्यक्रम भएको हो ।
आैपचारिक कार्यक्रम पुर्व क्याम्पस प्रमुख दिनेश पन्थीको स्वागत तथा सह प्राध्यापक प्रकाश आचार्यको सहजीकरणमा सम्पन्न भएको हो ।
कार्यक्रम गैडहवा ९ समावेशी टोलमा वडाको सामुदायिक भवनमा सम्पन्न भएको हो ।

Start Time

12:00 am

January 20, 2024

Finish Time

12:00 am

January 20, 2024

Leave A Reply

Your email address will not be published. Required fields are marked *